Skip to content
LAXMI SUNRISE BANK

पोखरामा सार्वजनिक यातायात बन्द, राइडर्सलाई ‘मालामाल’ !

अर्थ सरोकार

काठमाडौँ । पोखरामा सार्वजनिक यातायात बन्द गरिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानूनी मान्यता दिएपछि विरोधमा उत्रिएका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन् ।

सार्वजनिक यातायात बन्द भएपछि पोखरामा राइड सेयरिङ गर्दै आएका राइडरहरु ‘मालामाल’ भएका छन् । शुक्रबार बिहानैदेखि पोखरामा राइडरहरुलाई यात्रु बोक्न भ्याइनभ्याई छ । 

अन्य दिनमा यात्रु नपाउँदा खाली बस्नुपरेको भए पनि आज भने अन्य दिन भन्दा बढी यात्रु पाइरहेको पोखरामा राइड सेयरिङ गर्दै आएका राइडरहरुले बताएका छन् । उनीहरुका अनुसार शुक्रबार अन्य दिनको तुलनामा राइड सेयरिङ एपमा धेरै रिक्वेस्ट आइरहेका छन् । 

प्रदेश सरकारले नै राइड सेयरिङलाई कानूनी मान्यता दिएपछि अहिले राइडरहरु ढुक्क भएर राइड गरिरहेका छन् । प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धमा बनेको नियमावली बैशाख ३० गते पारित गरेर राजपत्रमा समेत प्रकाशित भइसकेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK