×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भए रमेश लेखकले राजनीति छोड्ने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भए रमेश लेखकले राजनीति छोड्ने ! 

Artha Sarokar

११ जेष्ठ २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको पुष्टि भए राजनीतिबाटै राजिनामा दिने बताएका छन् । सञ्चारकर्मीसँगै कुराकानी गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

उनले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने लेखकले बताएका छन् । 

आफूमाथि प्रश्न उठेपछि जवाफ दिन प्रतिनिधि सभाको बैठकमा समय माग गरेको भन्दै लेखकले त्यही बेला सम्पूर्ण जानकारी दिने बताएका छन् । उनले गृह मन्त्रालय मातहत लाखौँ कर्मचारी रहेको भन्दै कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरुले राजिनामा दिँदै जान सम्भव नरहेको पनि स्पष्ट पारेका छन् । 

त्यस्तै, गृहमन्त्री लेखकले आफ्ना विरुद्धमा राजनीतिक, नियोजित, षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी