काठमाडौँ । बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उक्त मुद्दामा राष्ट्रिय वाणिज्य बैंकको सुनसरीस्थित इनरुवा शाखा कार्यलयका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडासहित तीन जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरुमा खतिवडासहित सिद्धिनाथ लाल दास र मनोजकुमार चौधरी छन् । उनीहरुले बैंकमा खाता रहेको चपडाहा माध्यामिक विद्यालयको रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतले २०८१ बैशाख २४ गते उक्त मुद्दामा आंशिक सफाइ दिएको थियो । तर, विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुन्सन्धान आयोग सर्वोच्च गएको हो । उनीहरुले रकम हिनामिना गर्दा जिल्ला शिक्षा कार्यालय, सुनसरीको लेटरप्याड, छाप र दस्तखत नै किर्ते गरेको अख्यितारको आरोप छ । अख्तियारका अनुसार उनीहरुले बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर ५ लाख ६० हजार हिनामिना गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्