काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबन बीमा बीमालेख खरीद गरेका भरतपुर ३, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
बीमीतले ३ किस्ता मात्र बीमा शुल्क भुक्तानी गरेको अवस्थामा मिति २०८०-०१-०२ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाडौं लगिएको र डाक्टरको सल्लाह बमोजिम नै २०८१ पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।
नेपालमा अत्यन्तै महंगो उपचार पद्धती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागी झन्डै ४० लाखसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडी बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पुर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले मिति २०८२-०२-०७ गते हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकमको चेक बीमितलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दु:खद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथर सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्