काठमाडौँ । नेपाल बैंकमा लुटपाट भएको छ । बैंकको सप्तरीस्थित खडक नगरपालिका-७ स्थित बैंकको कल्याणपुर शाखामा चोरी भएको हो ।
बैंकमा गयराति करिब १२ बजेको समयमा चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले बताएका छन् । बस्नेतका अनुसार बैंकमा चोरी गर्ने सप्तरीको खडक नगरपालिका-६ बिरपुर घर भएका २० वर्षीय अपसाद अन्सारीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका अन्सारीले सुरुमा बैंकको गार्ड रुममा प्रवेश गरेर दुई थान स्क्यानर, दुई थान खुकुरी, सर्ट गनमा लाग्ने २० राउण्ड कार्टिज, एक नाले १२ बोरको हतियार, दुई थान ल्यापटप, मोबाइल, मिनि स्पिकर र तराजु चोरी गरेको डिएसपी बस्नेतले बताएका छन् । बस्नेतका अनुसार बैंकबाट नगद चोरी भने भएको छैन ।
घटनापछि बैंकको सीसीटिभी फुटेजमा देखिएको हुलियाका आधारमा अन्सारीलाई पक्राउ गरिएको छ । सीसीटिभी फुटेमा बैंकभित्र प्रवेश गरेर चोरी गर्ने एकजना मात्रै देखिएकाले हाल एकजनालाई मात्र पक्राउ गरिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्