काठमाडौँ । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ १४ गतेदेखि संस्थापक सेयरधनी खेमराज लामिछानेको नाममा रहेको ३ लाख ३९ हजार ४ सय ८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । आवेदन आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सो सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकको सूचनामा उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्