काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले पाँच प्रदेशका लागि शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले कोशी प्रदेशको खाँदबारी, ओखलढुङगा र दिक्तेल, मधेश प्रदेशको बर्दिवास, निजगढ र सिमरा, बागमति प्रदेशको पनौति, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटी, कालिमाटी, सुन्धारा र थानकोट, लुम्बिनी प्रदेशको लमही र रामपुर (पाल्पा) र गण्डकी प्रदेशको कुश्मा शाखाको लागि शाखा प्रमुख माग गरेको हो ।
त्यस्तै, बजार अधिकृत काठमाडौँ उपत्यका र बाहिरका शाखाका लागि माग गरिएको कम्पनीले जनाएको छ ।
जीवन बीमा, बैंक तथा वित्तीय संस्था तथा लघुवित्त वित्तीय संस्थामा कार्यानुभव भएका आवेदकहरुलाई प्रथमिकता दिईने इन्स्योरेन्सले जनाएको छ ।कम्पनीले माग गरेको उक्त पदमा जागिर खान इच्छुकले जेठ १८ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिने छ ।
यस्तो छ इन्स्योरेन्सको सुचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्