काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ का इकाई निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाका इकाई निष्कासन अनुमति दिएको हो ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्डबाट यस योजनाको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमतिसँगै क्यापिटलले १० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड इकाईको सार्वजनिक निष्कासन गर्ने भएको छ।
उक्त योजनाको कोष प्रवर्द्धकका रुपमा ग्लोबल आइएमई बैंक रहेको छ भने धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।