काठमाडौँ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ परिवार सहित पर्वतको कुस्मामा रहेको ‘द क्लिफ’ पुगेका छन्। पारिवारीक भ्रमणका लागि मदनकृष्ण छोरा यमन श्रेष्ठ र बुहारी रिंकु बज्राचार्य श्रेष्ठ सहित क्लिफमा पुगेका हुन्।
पारिवारीक भ्रमणका लागि पोखरामा रहेको बेला कुस्मामा रहेको क्लिफको भ्रमणमा पुगेको यमन श्रेष्ठले जानकारी दिए। सोमबार दिउँसो पुगेको श्रेष्ठको परिवारले क्लिफमा रहेको रेष्टुरेन्टमा खाना खाएर फर्किएको उनले बताए। ‘हामी यहाँ आइरहेका हुन्छौं,’ यमनले भने, ‘यहाँको हरियाली वातावरण र स्वच्छ हावाले लोभ्याइरहेको हुन्छ।’समय अभावको कारण बन्जि सहितका अन्य गतिविधि गर्न नभ्याएको उनको भनाइ छ।
क्लिफका अध्यक्ष राजु कार्कीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवार पारिवारीक भ्रमणका लागि आएको जानकारी दिए। ‘उहाँहरु आएर हाम्रो रेष्टुरेन्टमा खाना खाएर फर्किनु भयो,’ अध्यक्ष कार्कीले भने, ‘समय अभावको कारण स्काई क्याफेमा जान पाउनु भएन।’
एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन। कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ।
बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काई चेयरलगायत गतिविधि सञ्चालनमा छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्