×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टको नाफा बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शिवम् सिमेन्टको नाफा बढ्यो

Artha Sarokar

३० बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ९६.०८ प्रतिशतले बढेको हो । 

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेको छ भने कुल नाफा ३१.४३ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी २७.१० प्रतिशत र अन्य खर्च ७.८० प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपिएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको ईपिएस ४ रुपैयाँ ३७ पैसाले बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ । ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी