काठमाडौँ । दक्षिण कोरियाको बेरोजगारी दर घटेको छ । कोरियाली तथ्यांक अनुसार दक्षिण कोरियाको बेरोजगारी दर ०.१ प्रतिशतले घटेर हाल ०.९ प्रतिशतमा झरेको हो ।अप्रिलमा कुल बेरोजगारको सङ्ख्या आठ लाख ५४ हजार रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ हजारले कम हो ।
त्यस्तै, दक्षिण कोरियामा रोजगारीको अवस्था लगातार चौथो महिनासम्म सुध्रिँदै गएको छ । कोरियाली तथ्यांक अनुसार, मुख्यतया ६० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाहरूको रोजगारीमा उल्लेखनीय वृद्धि भएपछि समग्र रोजगारी दरमा सुधार देखिएको हो ।
अप्रिल महिनामा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहमा कार्यरत जनसंख्या एक लाख ९४ हजारले (०. ७ प्रतिशत) बढेर कुल दुई करोड ८८ लाख ८७ हजार पुगेको छ । वृद्धवृद्धाहरूको सक्रियताले समग्र रोजगारी वृद्धिमा टेवा पुर्याएको बताइएको छ ।
विशेषगरी, ६० वर्षभन्दा माथिको उमेर समूहमा मात्र तीन लाख ४० हजारले रोजगारी पाएका छन् भने ३० वर्ष उमेर समूहमा ९३ हजारले रोजगारी पाएका छन् । तर, युवावर्गमा भने रोजगारी घटेको देखिएको छ । १५ देखि २९ वर्ष समूहमा एक लाख ७४ हजारले रोजगारी गुमाएका छन् । त्यस्तै, ४० र ५० वर्ष उमेर समूहमा क्रमशः ५१ हजार र १४ हजारको रोजगारीमा ह्रास आएको छ ।
उत्पादक क्षेत्रमा भने दैनिक गिरावट देखिएको छ । अप्रिलमा मात्र एक लाख २४ हजार रोजगारी गुमेका छन्, जुन सन् २०१९ को फेब्रुअरीयता सबैभन्दा न्यून स्तर हो । यो गिरावट लगातार १० महिनादेखि जारी छ । निर्माण तथा थोक र खुद्रा उद्योगमा पनि रोजगारी ह्रास क्रमशः एक लाख ५० हजार र तीन हजार पुगेको छ, जुन क्रमशः लगातार १२ र १४ महिनाको गिरावट हो ।
तर, केही क्षेत्रले रोजगारी सिर्जनामा उत्साहजनक योगदान दिएका छन् । स्वास्थ्य तथा समाज कल्याण सेवा क्षेत्रमा दुई लाख १८ हजार, विज्ञान तथा प्रविधिमा एक लाख १३ हजार, र सूचना तथा सञ्चार क्षेत्रमा ७२ हजार रोजगारी थपिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्