काठमाडौँ। प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स मौलाकाली केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्ने सम्झौता भएको हो।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्सका महाप्रबन्धक अर्बिन केसीले हस्ताक्षर गरेका हुन्।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीहरूलाई खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत, आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा नि:शुल्क हुनेछ।
यस सम्झौताले दुबै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ। जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।
प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्