काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ केही दिनमै गभर्नर नियुक्ति हुने बताएका छन् । उनले अबको केही दिनमा नेपाल राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका हुन् ।
यसअघि गभर्नर सिफारिस गर्न गठन गरिएको समितिमा सदस्यले भकाभक राजिनामा दिएपछि गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाई छ ।
हाल सरकारले सिफारिस समितिको पुनर्गठन समेत गरिसकेकोले अब केही दिनमै राष्ट्र बैंकले नयाँ गभर्नर पाउनेमा आशा रहेको मन्त्री गुरुङले बताएका छन् । डा. विश्व पौडेलले राजिनामा दिएपछि सरकारले समितिको सदस्यमा पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको उक्त समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी पनि सदस्य छन् । हाल सरकारले काँग्रेसले सिफारिस गरेका डा. विश्व पौडेललाई गभर्नर बनाउने गरी तयारी अघि बढाएको स्रोतको दाबी छ । तर, पौडेल पनि विवादमा तानिन सक्ने सम्भावना देखेपछि काँग्रेसभित्र नयाँ पात्रका रुपमा डा. अंगराज तिमल्सिनाको चर्चा पनि सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्