काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले महिना दिन बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न नसकेको आरोप लगाएका हुन् ।
दाहालले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी समेत गरेका छन् । ‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन तपाईंहरू’ दाहालले भने ‘दुई तिहाइको अहङ्कार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु ।’
त्यस्तै, उनले वर्तमान सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाएका छन् ।
उनले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताए । ‘हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह नै हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ ।’ प्रचण्डले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्