×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Artha Sarokar

२३ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५३ सय रुपैयाँले बढेर एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला १९६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६२ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६८४.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी