Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय सभामा पनि मागियो गृहमन्त्रीको राजिनामा 

अर्थ सरोकार

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सभाको बुधवारको बैठकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले गृहमन्त्री लेखक अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिन माग गरेका हुन् ।

उनले अध्यागमन कार्यालयका प्रमुखले नै गृह मन्त्रालयलाई लाख रुपैयाँ बुझाउनुपर्ने बयान दिएको उल्लेख गर्दै उनले गृहमन्त्री लेखकलाई मार्ग प्रशस्त गर्न माग गरेका छन् । भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनामा छानबिन गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् । 

‘बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्नको लागि भिजिबिलिटी कम छ भन्नुभयो । अध्यागमन विभागमा भिजिबिलिटी राम्रो रहेछ भन्ने सन्देश गएको मैले अनुभूत गरेको छु । यस्ता खालका मानवता विरोधी र भ्रष्टाचारजन्य जे जति गतिविधि भइराखेका छन् । त्यो गतिविधिमाथि छानबिन गरिनुपर्छ । यसको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्छ । उहाँ आफैँले पनि सत्तामा बस्नेहरूले नैतिकताको प्रश्न उठ्ने बित्तिकै राजीनामा दिनुपर्छ भन्ने उहाँ आफैँले सिकाएको पाठ पनि भएको कारणले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएर उनीहरूका डिभाइसहरू अनुसन्धानका लागि पठाएको छ । यता विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध कायमै राखेका छन् । गृहमन्त्रीले राजीनामा नदिएको खण्डमा राष्ट्रिय सभाको बैठक समेत चल्न नदिने अछामीले चेतावनी दिएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK