काठमाडौँ । अमेरिकाले विद्यार्थी भिसामाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशी मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरुलाई पत्र लेख्दै विदेशी विद्यार्थीहरुलाई भिसा नदिन निर्देशन दिएको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले अर्को निर्णय नहुन्जेलसम्म विद्यार्थी भिसामाथि अस्थायी रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
तर, कहिलेसम्म विदेशी विद्यार्थीलाई भिसा नदिने भन्ने अमेरिकाले प्रस्ट्याएको छैन । यसको अर्थ विदेशी विद्यार्थीलाई भिसा दिने काम अनिश्चितकालका लागि बन्द भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।
यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वविद्यालय र विद्यार्थीहरुमाथि पछिल्लो केही सातायता दबाब बढाउँदै आएका छन् । त्यही दबाबबीच विदेशी विद्यार्थीलाई भिसा नदिने निर्णयले अमेरिकामा अध्ययन गर्न चाहने र तयारी गरिरहेका विदेशी विद्यार्थीहरु तनावमा परेका छन् ।