Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको कल्याणपुर शाखामा चोरी

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको छ । बिहीबार मध्येराती सप्तरीको खडक नगरपालिका-७ मा रहेको बैंकको कल्याणपुर शाखामा चोरी भएको हो ।

बैंकबाट कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोबाइल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु एक थान चोरी भएको छ ।

बैंकमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।  पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-६ बिरपुर घर भएका २० वर्षीय अपसाद अन्सारी रहेका छन् ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK