काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले मुलुकमा लोडसेडिङ नभएको बताएका छन् । उनले लोडसेडिङको हल्ला फगत हल्ला मात्रै भएको भन्दै त्यसमा कुनै पनि सत्यता नभएको बताएका हुन् ।
उनले लोडसेडिङका विषयमा सामाजिक सञ्जालमा भइरहेको हल्लाहरु केबल लोकप्रियताका लागि मात्रै आएको प्रतिक्रिया दिएका छन् । ‘लोडसेङिको हल्ला, सामाजिक सञ्जालको हल्ला मात्रै हो ।’, उनले भने, ‘बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै होइन ।’
मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बाहनामा लोडसेडिङ नहुने उर्जामन्त्रीको भनाई छ । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताएका छन् ।
त्यस्तै, उनले गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गर्दै कहिले हावाहुरी, कहिले पोल ढलेकै कारण र कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गरेका छन् । तर, लोडसेडिङ नै अहिले मुलुकमा नभएको उर्जामन्त्रीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्