काठमाडौँ । काठमाडौँको पार्क भिलेज होटलमा चोरी भएको छ । बुढानिलकण्ठ नगरपालिका-३ स्थित पार्क भिलेज होटलमा सोमबार राती चोरी भएको हो ।
होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका भाँडाकुँडाहरु चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चाँदीका भाँडाकुँडासहित एउटा ल्यापटप पनि चोरी भएको छ ।
प्रहरीका अनुसार होटलमा रहेको सीसीटिभी फुटेज हेर्दा रातिको समयमा चोर पीपीई र मास्क लगाएर होटल प्रवेश गरेको देखिएको छ । पीपीई र मास्क लगाएको सोही चोरले समान चोरी गरेको समेत सीसीटिभी फुटेजमा देखिएको छ ।
हाल चोरीमा संलग्न चोरको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । सँगै घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्