Skip to content
LAXMI SUNRISE BANK

सर्वसाधारणका लागि खुल्यो ट्रेड टावरको आईपीओ, कसरी दिने आवेदन ? 

अर्थ सरोकार

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ आज (जेठ १४ गते) देखि सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३२ लाख ९६ हजार ५ सय ५ कित्ता सेयर निष्कासन गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ९७ हजार १ सय ६९ कित्ता सेयर निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । हाल सर्वसाधारणका लागि निष्कासन भएको आईपीओमा सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

जेठ १९ गतेसम्म पनि आईपीओमा पर्याप्त आवेदन नपरे आवेदन दिने मिति जेठ २८ गतेसम्म पुर्याइनेछ । ट्रेड टावरको आईपीओमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । 

आईपीओ निष्कासनका लागि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK