×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुल्दै ट्रेड टावरको आईपीओ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुल्दै ट्रेड टावरको आईपीओ 

Artha Sarokar

५ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरेर बाँडफाँड गरेको कम्पनीले अब भने सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । 

जेठ १४ गते कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५ सय १९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ । उक्त सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार तीन सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्कासन गरेर बाँडफाँडसमेत गरिसकेको छ । 

जेठ १५ गतेदेखि जारी हुने ट्रेड टावरको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ भर्ने अन्तिम मिती जेठ १९ गते तोकिएको छ । सो अवधिमा आईपीओमा पूर्ण आवेदन नपरे आईपीओ भर्ने अवधि जेठ २८ गतेसम्म पुर्याइनेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी