Skip to content
LAXMI SUNRISE BANK

यातायात व्यवसायीको आन्दोलन: १९ गतेदेखि यातायात सेवा अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा

अर्थ सरोकार

काठमाडौँ । यातायात व्यवसायीहरुले अनिश्चितकालका लागि यातायात सेवा ठप्प पार्ने घोषणा गरेका छन् । विभिन्न ८ वटा यातायात व्यसायी संघ संगठनहरुले आफ्ना विभिन्न माग राख्दै माग पुरा नभए जेठ १९ गतेबाट अनिश्चितकालका लागि यातायात सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

यातायात क्षेत्रमा देखिएका समस्या समाधान नभएको ठहर गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने घोषणा गरेको हो ।

विगत १० वर्षदेखि सार्वजनिक यातायात क्षेत्रमा देखिएका नीतिगत र अन्य समस्या समाधान गरिदिन सरकारसँग पटक पटक छलफल र सहमति भए पनि सरकार यातायात व्यवसायीका मागप्रति गम्भीर नदेखिएका आन्दोलन गर्न लागिएको उनीहरुले बताएका छन् ।

जेठ १३ गते मंगलबार पत्रकार सम्मलेन गर्दै यातायात व्यवसायीहरुले सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरुले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट)सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ज तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्  ।

त्यस्तै, सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेको संघ समिति नवीकरण सम्पत्ति फुकुवाको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने, सवारी ऐन २०४९ संशोधनको क्रममा रहेकाले यातायात व्यवसायीसँग विगतमा भएको सम्झौता सहमति र नेपाल सरकारबाट गठित कार्यदलका सुझाव प्रतिवेदन यथासीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक शुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने उनीहरुको माग छ ।

मालबाहक सवारीको भारबहन नियमन सम्वन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारबहन क्षमता कडाइका साथ लागू गर्नुपर्ने, बिमा दर निर्देशिका २०७३ लाई समयानकुल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार राहतका लागि दुर्घटना राहतकोष स्थापना गरी यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने र छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्दा मालबाहक तथा यात्रुबाहक सवारी साधनले नेपाल मा भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीति तत्काल संशोधन गर्नुपर्ने यातायात व्यवसायीको माग छ ।

आफ्ना माग सम्बोधन नभए जेठ १८ गते कालो झण्डासहित सवारी साधनहरुको विरोध र्याली गर्ने र जेठ १९ गतेदेखि आफ्ना सवारी साधनहरु थन्क्याइ आन्दोलन गर्ने जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK