Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय हिक्मत कुमार थापा र ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ १ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका हिक्मत कुमार थापाले पोल्याण्ड पठाउने भन्दै एक जनाबाट २ लाख १० हजार रुपैयाँ र जिक्रुल्लाह मियाले बुल्गेरिया पठाउने भन्दै एक जना बाट ९ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए ।

राम्रो काम र दाम हुने प्रलोभनमा पारेर उनीहरुले पीडितबाट उक्त रकम ठगी गरेका थिए । हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK