Skip to content
LAXMI SUNRISE BANK

बजेट आउने दिन काठमाडौंमा एमाले र राजावादी सडकमा ओर्लिने !

अर्थ सरोकार

काठमाडौँ । बजेट आउने दिन अर्थात् जेठ १५ गते नेकपा एमाले र राजावादी सडकमा उत्रिने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरुले आन्दोलनको घोषणा गरेकै दिन एमाले पनि सडकमा उत्रिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएका छन् ।

राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै ओलीले  सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको दाबी गरेका छन् ।

यता, राजावादीहरू पनि राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गते कडा आन्दोलन गर्ने तयारीमा छन् ।

एकैदिन दुवै पक्षको काठमाडौं केन्द्रित प्रदर्शन हुँदा स्थित गम्भीर बन्ने देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK