काठमाडौँ । बजेट आउने दिन अर्थात् जेठ १५ गते नेकपा एमाले र राजावादी सडकमा उत्रिने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरुले आन्दोलनको घोषणा गरेकै दिन एमाले पनि सडकमा उत्रिने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएका छन् ।
राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै ओलीले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको दाबी गरेका छन् ।
यता, राजावादीहरू पनि राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गते कडा आन्दोलन गर्ने तयारीमा छन् ।
एकैदिन दुवै पक्षको काठमाडौं केन्द्रित प्रदर्शन हुँदा स्थित गम्भीर बन्ने देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्