×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजिट भिसा प्रकरणः झलनाथ खनालले भने- ‘एउटालाई बलिको बोको बनाएर अरु चोखो बन्न खोज्दैछन्’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भिजिट भिसा प्रकरणः झलनाथ खनालले भने- ‘एउटालाई बलिको बोको बनाएर अरु चोखो बन्न खोज्दैछन्’ 

Artha Sarokar

१५ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई ‘बलिको बोको’ बनाएर अरु चोखिन खोजेको बताएका छन् । १८औँ गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेता खनालले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको समेत दाबी गरेका छन् । उनले एउटालाई ‘बलिको बोको’ बनाएर अरु चोखिन खोजेको बताए । ‘एयरपोर्टमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ ।’, उनले भने, ‘अहिले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् ।’

त्यस्तै, देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले संकटग्रस्त अवस्थामा पुगेको पनि खनालले बताएका छन् । उनले मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेपहरू भइरहेको धारणा राखेका छन् ।

‘देश अहिले राजनीतिक रूपले पनि सङ्कटग्रस्त छ । आर्थिक रूपले पनि सङ्कटग्रस्त छ । सामाजिक हिसाबले पनि सङ्कटग्रस्त छ । सांस्कृतिक हिसाबले पनि सङ्कटग्रस्त छ ।’, उनले भने, ‘ मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेपहरू भइरहेका छन् ।’  

अर्कोतर्फ मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै नेता खनालले शिक्षामा समेत अराजकता मौलाएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी