काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले छरिएर रहेका विभिन्न निर्देशन तथा निर्देशिकाहरूले कार्यान्वयनमा पारेको जटिलताका कारण ती अस्पष्टतालाई चिर्न छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्न लागिएको बताएका छन् ।
बिमक र बीमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनका कारणले प्रभावकारी नियमन र सुपरीवेक्षणलाई चुस्तता दिन नसकेको अध्यक्ष ओझाको भनाई छ । उनले उक्त एकीकृत निर्देशनलाई आगामी आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्ने लक्ष्यका साथ काम भइरहेको जिकिर गरेका छन् ।
त्यस्तै, एकीकृत निर्देशनले बीमा क्षेत्रलाई विधि पालन गराउनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने अध्यक्ष ओझाले अपेक्षा राखेका छन् । उनले बीमा क्षेत्रको नियमन र नीति कार्यान्वयनमा उक्त एकीकृत निर्देशनले प्रभावकारी भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्