काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले बत्ती नजाँदै ‘बत्ती गयो’ भनेर फोन गर्नेलाई कारवाही गर्ने बताएका छन् । कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि उर्जामन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले विद्युत नगएको समयमा पनि बत्ती गयो भन्दै आतंक फैलाउनेहरुलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।
नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको अवस्थामा पनि विद्युत नभएको भन्दै फोन आए जाँच गर्न र दुःख दिने नियतले फोन गरिएको भए सो नम्बर नोट गरेर प्रहरीलाई दिन पनि आग्रह गरेका छन् । उनीहरुलाई प्रहरीले कारवाही गर्ने उर्जामन्त्रीले बताएका छन् ।
त्यस्तै, मन्त्री खड्काले नेपालले हाल आवश्यकता अनुसारको विद्युत आपूर्ति गरिरहेको पनि बताएका छन् । उनले विपद् वा मौसमका कारण बाहेक अहिले लोडसेडिङ नहुने भन्दै मन्त्री खड्काले लोडसेडिङबारे कृतिम प्रचार नगर्न पनि आग्रह गरेका छन् । यस्तै, मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्