×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटमा निर्माण व्यवसायीहरु के चाहन्छन् ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बजेटमा निर्माण व्यवसायीहरु के चाहन्छन् ? 

Artha Sarokar

९ जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अहिले सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा छ । अर्थ मन्त्रालयले बजेटका लागि सुझाव संकलन गरी बजेट वक्तव्यको अन्तिम तयारी थालिसकेको छ । आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ ? भन्ने चासोका बीच निर्माण व्यवसायीले भने कार्यान्वयन योग्य बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् । 

यसअघि बजेटमा थुप्रै योजना समावेश गरिने तर अधिकांश योजना कार्यान्वयन नहुँदा बजेट ‘फ्रिज’ हुने गरेको भन्दै निर्माण व्यवसायीले अबको बजेटमा कार्यान्वयन योग्य योजना मात्रै बजेटमा राख्न सरकारलाई सुझाव दिएका छन् । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण क्षेत्रमा भएको कमजोरीको मुख्य कारक नेपालको ऐन, कानून र नियम भएको भन्दै त्यसमा पनि ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । 

उनले कर्मचारीमा विचलन, कर्मचारीले काम नगर्दा कुनै प्रकारको सजाय नहुने, स्वच्छ हिसाबले कर्मचारीले जिम्मेवारी पूरा नगर्दा निर्माणको काम नभइरहेको बताएका छन् । अर्कोतर्फ राजनैतिक, प्रशासनिकदेखि अन्तर्राष्ट्रिय जगतमा नै नेपालको ऐन कानूनले गर्दा विकास सम्भव छैन भन्ने चर्चा चलिरहेको बेला त्यसको समाधान खोज्नुपर्नेमा पनि जोड दिएका छन् । उनले बजेटमार्फत अर्थतन्त्रका अवरोध, निर्माण क्षेत्रका सकसहरुलाई समाधान गर्नुपर्ने बताएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी