काठमाडौँ । माओवादी केन्द्रका सांसद् तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकार अन्तर्गत राखेको बताएका छन् । काठमाडौँमा आयोजित एका कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।
उनले सरकारले तीन करोड भन्दा कम बजेटका आयोजना संघीय सरकार अन्तर्गत नराखिएको दाबी गरे पनि सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाइएको दाबी गरेका छन् । सहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ रहेको छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो ।
सहरी विकास मन्त्रालयको आगामी बजेट चालु वर्ष २०८१/८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो । बजेट कहाँ र कसरी बढ्यो ? भन्नेमै मन्त्री स्वयम् अचम्मित रहेको पुनले बताएका छन् ।
त्यस्तै, पुनले शहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने बताएका छन् । योजनाहरु आफूखुसी राखिएको पनि पुनले बताएका छन् । ‘सहरी विकास मन्त्रालय एउटैमा मात्रै ३० देखि ३२ अर्ब रुपैयाँ चलखेल भएको स्पष्ट देखिन्छ ।’, उनले भने, ‘मसिना सबैखाले योजना आफूखुसी राखेको देखिन्छ ।’ साथै बजेटमा १६औँ योजनाको कुनै चर्चा नरहेको पनि बताएका छन् । उनले संविधान जारी भएपछि माओवादी केन्द्र विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्नो धारणा राखेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्