काठमाडौँ । अमेरिकाले देश निकाला गरेका नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु आइतबार राती काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका हुन् ।
अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले देश निकाला गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौँ ल्याएर छाडिएको थियो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएको थियो ।
अमेरिकाले पछिल्लो पटक देश निकाला गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।
भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्