Skip to content
LAXMI SUNRISE BANK

नेपाल आइपुगे अमेरिकाले देश निकाला गरेका ३७ जना नेपाली

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाले देश निकाला गरेका नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु आइतबार राती काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका हुन् । 

अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले देश निकाला गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौँ ल्याएर छाडिएको थियो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएको थियो । 

अमेरिकाले पछिल्लो पटक देश निकाला गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । 

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK