काठमाडौँ । सांसद कालुराम राईले सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई समेत सम्बोधन गर्ने आएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले बजेटले सबैलाई सम्बोधन गर्न सफल भएको दाबी गरेका हुन् । ‘आगामी आवको बजेटमा वास्तवमा अर्थतन्त्र सुधार गर्ने खालको छ, बजेट राम्रो हुँदा पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, प्रभावकारी कार्यन्वयनका लागि सरकार सक्षम बनोस्,’ राईले भने ।
यद्यपि बजेटमा अपाङ्गता भएका व्यक्तिले खेल्ने पारा खेलका लागि कुनै व्यवस्था नभएको उनले उल्लेख गरेका थिए ।