काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट टिका कार्कीसहितको टिमले ‘फल फ़्रुट्स’ संचालनमा ल्याएको छ । काठमाडौँको सोल्टीमोडमा कम्पनीको पहिलो आउटलेट खोली बुधबारदेखि संचालनमा ल्याइएको हो ।
कम्पनीले किसानबाट फलफूल लिने र ग्राहकलाई सहज रुपमा वितरण गर्ने लक्ष लिएको कार्कीले बताए । उनका अनुसार फलफूल बिक्री वितरण तथा उत्पादनमा समेत लामो समय काम गरिरहेकाहरुलाई एकतृत गरेर सो व्यवसाय संचालनमा ल्याइएको हो । कार्कीले सोल्टीमोडमा खुलेको आउटलेट पहिलो रहेको जानकारी दिए । यस अलावा बाँकी ५० हाराहारी आउटलेट खोल्ने लक्ष कम्पनीले लिएको उनको भनाई छ ।
अहिले आउटलेटबाटै फलफूल बिक्री वितरण गर्ने र पछि इकमर्शमार्फत उपत्यकाका विभिन्न ठाउँमा फलफूल डेलिभरी गर्ने योजना कम्पनीको रहेको कार्कीको भनाई छ ।
पछिल्लो समय चार्टर्ड एकाउन्टेन्टहरु पनि विभिन्न अन्य पेशा व्यवसायमा लाग्दै आएका छन् । हाल प्राक्टिसमा रहेका सिए कार्की पनि यस अलावा अन्य व्यवसायमा समेत संलग्न छन् भने उनी नेपाल ट्याक्सपेयर्स सोसाइटीका अध्यक्षसमेत हुन् । तस्विरहरू:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्