काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘आर्थिक विधेयक २०८२ को प्रभावमा प्यानल छलफल’ कार्यक्रम सम्पन्न गरेको छ। एक्यानको आयोजनामा ‘विभिन्न क्षेत्रहरूमा आर्थिक विधेयक २०८२ को प्रभाव’ विषयक एक विज्ञ प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रम जेठ २५ गते ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आयोजना भएको थियो। साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा अर्थ, कानुन तथा लेखा व्यवसायसँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञहरूले वित्त विधेयक २०८२ को गहिरो विश्लेषण प्रस्तुत गरेका थिए ।
प्यानल छलफलमा आइक्यानका पूर्व अध्यक्ष सुदर्शन राज पाण्डे, आइक्यानका परिषद सदस्य उमेश राज पाण्डे, अधिवक्ता पायनियर लअ अनुप उप्रेती, लेखा व्यवसायी इशा श्रेष्ठहरूले आआफ्नो धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन एक्यानका अध्यक्ष अरुण राउतले गरेका थिए। कार्यक्रममा वक्ताहरूले हालै संसदमा प्रस्तुत भएको वित्त विधेयकले कर संरचना, लेखा परीक्षण अभ्यास, व्यवसायिक वातावरण तथा कानुनी जटिलताहरूमा पार्ने प्रभावबारे विस्तृत विश्लेषण गरेका थिए। साथै, विधेयकको व्यावहारिक कार्यान्वयन र त्यसबाट उत्पन्न हुने चुनौतीहरूबारे समेत महत्वपूर्ण छलफल भएको थियो।
एक्यानका अध्यक्ष तथा कार्यक्रमका संयोजक अरुण राउतले उद्घाटन मन्तव्य दिँदै भने, ‘वित्त विधेयक केवल लेखा-संख्याको विषय होइन, यो राष्ट्रको समग्र आर्थिक नीतिको दिशानिर्देशक हो। यसमा चासो राख्ने सबै पक्षको सरोकारलाई सम्बोधन गर्न जरुरी छ।’
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट, कर तथा लेखा व्यवसायी, कानुनी विशेषज्ञ, विद्यार्थी र नीतिनिर्मातासमेत उल्लेखनीय सहभागिता थियो। सङ्घले आगामी दिनहरूमा पनि यस्तै सरोकारपूर्ण विषयमा निरन्तर बहस तथा विमर्शको वातावरण बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्