काठमाडौँ । अध्यक्षले घुस खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका सीइओ तिलकराज पाण्डेविरुद्ध पनि अनुसन्धान सुरु गरेको छ । ऋण मिलाईदिने नाममा घुस खाने कर्मचारीहरुलाई संरक्षण गरेको भन्दै उजुरी परेपछि अख्तियारले घुसको भाग लिएर संरक्षण गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान सुरु गरेको हो ।
केहि समय अगाडी बैंकको रौतहटस्थित एक शाखामा त्यहाँका मेनेजरले घुस खाएर दिनै नमिल्ने ऋण दिएको पाइएको थियो । तर, ती कर्मचारीलाई कारवाही गर्नुको साटो उल्टै संरक्षण गरेको आरोप सीइओ पाण्डेमाथि छ । अख्तियारले उनीसँग यस विषयमा बयान लिने तयारी गरेकोसमेत बुझिएको छ ।
सीइओ पाण्डेले भने आफु घुस लिने दिने काममा संलग्न नरहेको दाबी गर्दै आएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ पाण्डेले आफुले अहिलेसम्म घुस खाने काम नगरेको दाबी गरेका हुन् । उनी नेपाली काँग्रेस निकट हुन् ।
सीइओ भएर आएपछि उनले सुरुमै स्वर्गीय सुबास नेम्वाङ्गको सम्पत्ति लिलाम गर्ने सूचना निकालेका थिए । त्यसपछि उनको चर्को आलोचना भएको थियो । यद्यपी अर्थ सरोकारसँग कुराकानी गर्दै उनले नेम्वाङ्गलाई सबैले सम्मान गर्ने हुँदा आफुले पनि गर्ने र सो लिलामी सूचना पछाडी कुनै पनि राजनीतिक प्रतिशोध नभएको बताएका थिए । यस्तो छ अख्तियारमा परेको उजुरी:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्