काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरु लिन नहुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरेका छन् । नेपालले उदार र महँगो दरमा ऋणहरु लिन नहुने उनको भनाइ छ । बाइल्याटरल ऋणका शर्तहरु नसुहाउँदो रहेको भन्दै उनीहरुकै ठेकदार र उनीहरुलाई छोटो समयमै फिर्ता दिनुपर्ने महँगो ब्याजको ऋण लिन बन्द गर्नुपर्ने महतले बताउका छन् ।
बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्नेमा महतले जोड दिएका छन् । उनले अर्कोतर्फ आफू आन्तरिक ऋण बढाउनै हुँदैन भन्ने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् ।
त्यस्तै, पूर्वअर्थमन्त्री महतले रिसोर्स बिनाको अनफण्डेट अधिकार खोलिरहेको बताएका छन् । उनले जलवायु वित्त पनि नेपालले न्यून पाइरहेको बताएका छन् । साथै बजेट धेरै विकृत भएको बताउँदै शून्यबाट पुनः निर्माण शुरु गर्न जरुरी रहेको महतले बताएका छन् ।