×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दल र कार्यकर्ता पोस्नेगरी जथाभावी बजेट विनियोजन भयो’- सांसद बस्नेत 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘दल र कार्यकर्ता पोस्नेगरी जथाभावी बजेट विनियोजन भयो’- सांसद बस्नेत 

Artha Sarokar

६ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभावी बजेट विनियोजन भएको टिप्पणी गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सांसद बस्नेतले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाएका छन् । 

सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीबोध नगरी बजेट ल्याएको सांसद बस्नेतको भनाई छ । उनले सबै दृष्टिकोणले बजेट विनियोजन र आ-आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित भएको आरोप लगाएका छन् । 

‘सबै मन्त्रालयहरूको विनियोजनको यो प्रकृति र अवस्थालाई हेर्दाखेरि न आवधिक योजनाहरूलाई आधार बनाइएको छ, न संवैधानिक व्यवस्थाहरूलाई आधार बनाइएको छ, न त राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीबोध गरिएको छ ।’, उनले भने, ‘यो सबै दृष्टिकोणले हेर्दाखेरि दललाई पोस्ने, कार्यकर्तालाई पोस्ने र आ-आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित छ ।’

त्यस्तै, उनले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरको विषयहरूमा समेत बजेटको जथाभावी विनियोजन भएको बताएका छन् । बजेटको जथाभावी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारको कारण विरोधस्वरुप विरोधको प्रस्ताव दर्ता गरेको समेत सांसद बस्नेतले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी