×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसइईमा ४ जिपिए नतिजा ल्याउनेलाई छत्रकोट गाउँपालिकाले १ लाख ५१ हजार दिने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एसइईमा ४ जिपिए नतिजा ल्याउनेलाई छत्रकोट गाउँपालिकाले १ लाख ५१ हजार दिने 

Artha Sarokar

४ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा विद्यार्थीले प्राप्त गरेको जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।

गाउँपालिकाका अनुसार एसइईमाजीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ भने ३.९९ देखि ३.९० जिपिए ल्याउने विद्यार्थीले ५१ हजार, ३.८९ देखि ३.८० जीपीए प्राप्त गर्ने विद्यार्थीले २५ हजार पुरस्कार पाउनेछन् । 

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन् । 

त्यस्तै, गाउँपालिकाले एसइई परीक्षामा ३.२ जिपिए भन्दा माथि नतिजा ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो योजनाले विद्यार्थीलाई थप  प्रोत्साहित गर्नुका साथै भविष्यमा थप सहज हुने गाउँपालिका विश्वास व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी