काठमाडौँ । अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो निर्णयमा हस्ताक्षर गरेका हुन् ।
मुलुक र अमेरिकी नागरिकलाई खतरनाक विदेशी तत्त्वबाट जोगाउने उद्देश्यले अमेरिकी सरकारले यस्तो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लाग्ने देशहरुमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । यी देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, अमेरिकाले बुरुन्डी, क्युबा, लाओस्, सिएरालियोन, टोगो, तर्कुमेनिस्ताल र भेनेजुएलाका नागरिकमाथि आंशिक रुपमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको निर्णय जुन ९ गतेदेखि लागू हुनेछ ।