काठमाडौँ । स्वस्थ वातावरणका लागि सिटिजन्स बैंक इन्टरनेशनलले अग्रगामी पहल लिएको छ । भावी सन्ततीलाई फाइदा नै फाइदा हुनेगरी बैंकले वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शनिबार काठमाडौँको कीर्तिपुर नगरपालिका १४, चोभारस्थित मञ्जुश्री पार्कमा आयोजित कार्यक्रममा करिब १ हजार २८५ विभिन्न प्रजातिका बोटबिरुवा रोपेको हो ।
त्यस्तै, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन, बैंकका उच्च व्यवस्थापन टोली तथा कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले हरियाली बढाउने र वातावरण संरक्षण गर्ने र हरेक वर्ष ‘स्मार्ट बचत खाता १ खाता, १ रुख’ अभियान अन्तर्गत रूखहरू रोप्ने जनाएका छन्।
सिटिजन्स बैंकले ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्धन गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २९ गते बिहिबारको दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणी मण्डपमा पनि करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो। यसअघि पनि बैंकले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, मठमन्दिर तथा सार्वजनिक संरचनामा सहयोग गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्