Skip to content
LAXMI SUNRISE BANK

बजेट पुस्तिका च्यात्ने प्रतिस्पर्धा, गण्डकीका सांसदले पनि च्याते

अर्थ सरोकार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रेशम बहादुर जुग्जालीले प्रदेश सभाको ‘रोष्टम’मै बजेट पुस्तिका च्यातेका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफलका क्रममा ‘रोष्टम’बाटै बजेट पुस्तिका च्यातेका हुन् ।

सांसद जुग्जाली पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् । उनले यसपालि प्रदेश सरकारले ल्याएको बजेट पूर्वाग्रही भएको बन्दै पुस्तिका च्यातेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा मन्दिरमा धेरै बजेट छुट्याइएको भन्दै बजेटबाट सबैभन्दा धेरै देवीदेवता नै खुसी भएको भन्दै कटाक्ष समेत गरेका छन् । उनले अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि प्रश्न गरेका छन् । 

यसअघि संघीय संसद्मा पनि एकीकृत समाजवादीका सांसद अमर बहादुर थापाले पनि भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK