Skip to content
LAXMI SUNRISE BANK

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० करोड हिनामिना गरेको आरोप 

अर्थ सरोकार

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

थापासहित १४ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् । 

अख्तियारका ती अधिकारीका अनुसार उनीहरुमाथि मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप छ । उनीहरुले पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK