Skip to content
LAXMI SUNRISE BANK

अकुत सम्पत्ति कमाउने काठमाडौँका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, श्रीमतीलाई समेत कारवाहीको माग ! 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अकुत सम्पत्ति कमाएको अभियोगमा कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । 

आयोगले इन्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि वि.सं २०७८ फागुन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय तीन करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ रहेको थियो । 

तर, कोइरीले सो अवधिमा सात करोड ९६ लाख ७६ हजार ८ सय ४ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट चार करोड ५८ लाख ९७ हजार ४ सय ३ रुपैयाँ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ ।

इन्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उहाँकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको करवाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK