काठमाडौँ । तत्कालिन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किशोर कुमार महर्जनसहित ६ बैंकरबिरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पतंजली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीइओ किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजिता पोख्रेल, शाखा प्रबन्धक राजिब सापकोटा र अधिकृत ममता पराजुली बिरुद्द भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
उनीहरुले भ्रष्टाचार निवारण एन २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण एन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ ।
त्यस्तै, तत्कालिन सनराइज बैंक लिमिटेडका जुनियर म्यनेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक बिक्रान्त कोइराला, प्रमुख ब्यबस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धि, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थपित र नायब महाप्रबन्धक बलराम बिष्टबिरुद्द पनि भ्रष्टाचार मुद्दा दर्ता छ ।
पतंजली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ ।
सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी/गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्बन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्