काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका भान्जा तथा सनराइज बैंकका तत्कालीन उपप्रबन्धक मनोज न्यौपाने सहित ८ कर्मचारीबिरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
पतंजली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपाने सहित तत्कालीन सनराइज बैंकका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, वरिष्ठ सहायक बिक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जय कुमार सिद्धि, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम बिष्टबिरुद्द भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
उनीहरुले भ्रष्टाचार निवारण एन २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण एन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ ।
उक्त प्रकरणमा (मामा-भान्जा) माधव नेपाल र मनोज न्यौपानेसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो । सनराइज बैंकले उक्त जग्गा धितो राखेर कर्जा दिएको थियो भने उक्त कर्जा चुक्ता भइसकेको बताईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्