काठमाडौँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
संघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष केशवबहादुर सुनारले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै चरणवद्ध आन्दोलनमा जानुपरेको बताएका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गरगहनामा लगाइएको विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज नगर्नेसम्म आन्दोलन नछोड्ने चेतावनी दिएका छन् । सुनचाँदीका गरगहनामा अनावश्यक कर लगाउँदा साना व्यवसायी तथा उपभोक्ता मारमा पर्ने तर्फ सुनारले सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै, उनले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारको लागि प्रष्ट नियमावली बनाउन समेत माग गरेका छन् । सरकारले अन्तराष्ट्रिय प्रवृत्ति अनुसार विलासिता वस्तुमा कर लगाउने नीति लिएको भए पनि व्यवसायीहरू त्यसलाई अव्यवहारिक भन्दै हटाउन माग गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्