×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक र बेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच छुट सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंक र बेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच छुट सम्झौता

Artha Sarokar

९ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं ३१, बेगनासताल, कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १०% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा बेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा बेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी