काठमाडौँ । नेपाल बैंकका तत्कालीन अध्यक्ष रहँदा ऋण मिलाईदिएवापत घुस लिएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेका डा. चन्द्र बहादुर अधिकारीले कृषि बिकास बैंकमा संचालक रहँदा पनि घुसको डिल गर्ने गरेको आरोप कृषि बिकास बैंकका कर्मचारीहरुले लगाएका छन् । बैंकका कर्मचारीले अधिकारीले बैंककै सिनियर हाकिमलाई ‘दलाल’का रुपमा खटाएर घुसको डिल गर्ने गरेको र यस विषयमा पनि अनुसन्धान हुनुपर्ने भन्दै विषय उठान गरेका हुन् ।
‘उनी बैंकको सञ्चालक पदमा रहँदा खुलेआम घुसको डिल गर्थे । बैंककै अर्का हाकिमलाई दलाली गरेर उनी ठुलो फाइलमा ऋण दिँदा प्रतिशतमा घुस खान्थे ।’ बैंकका एक सिनियर अधिकृतले अर्थ सरोकारसँग भने, ‘प्रत्येक ठुला फाइलमा घुस खानुपर्छ भनेर अरुलाई पनि उक्साउने उनी प्रत्येकजसो ठुलो फाइलमा घुस खान्थे । उनी सञ्चालक भए यता त्यसरी घुस लिएर दिएका कतिपय ऋण बिग्रेका पनि थिए । नेपाल बैंकको प्रकरण बाहिर आएको छ, अव कृषि बिकास बैंकका ती घुसकाण्डहरुको पनि खोजिनिधि हुनुपर्छ ।’ ती अधिकारीले भने ।
ती अधिकारीका अनुसार कृषि बिकास बैंकमा घुस संकृति भित्र्याउने पनि अधिकारी नै हुन् । ‘अहिले पनि रिकभरीका नाममा बैंकमा ठुला ठुला घुसकाण्ड भईरहेका छन् । दिनै नमिल्ने ठाउँमा ऋण दिईएका छन् । घुस खाएर फाइलहरु ‘एभरग्रिनिङ’ गरिएका छन् । बैंकका एजीएमहरु नै रिकभरीका नाममा ठाउँठाउँमा घुस बटुल्न पुगिरहेका हुन्छन् । तर सबै काम क्यासमा हुने हुनाले अहिलेसम्म कोहि पक्रिएका छैनन् । अव सुरुवात जो भएको छ, घुस खाने सबै जाकिनुपर्छ भन्ने हो ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने ।
‘बिग्रिएको फाइल कोहि आउने बितिकै कसरी सप्रिएको ऋण हुन्छ ? डुब्न लागेको कम्पनीलाई कन्सोर्टियमका नाममा ७०-८० करोड ऋण कसले दिन्छ ? सो ऋणको ब्याज नआउँदा पनि कसरी नवीकरण हुन्छ ? केहि महिनाअघिसम्म बिजोग भएको बैंकको वित्तीय विवरण एकाएक सबै मिलेको जस्तो किन देखाइन्छ ? रिकभरीका कर्मचारीहरुलाईसमेत बाइपास गरेर सिनियर हाकिमहरु नै रिकभरीका नाममा किन ठाउँ ठाउँ पुग्छन् ? यति खोजे कृषि बिकास बैंकमा अहिलेपनि कुन हदसम्मको घुसकाण्ड घटिरहेका छन् भन्ने तथ्यको उजागर हुनेछ । बैंकमा केहि राम्रा मान्छे पनि छन्, तर केहि खराब हाकिमका कारण कृषि बिकास बैंक पनि घुस खाने अखडा बनेको छ, जसका गुरु चन्द्र बहादुर अधिकारी हुन् ।’ ती अधिकारीले भने ।
यता अख्तियारले अधिकारी जोडिएका ठाउँहरुमा कसरी घुसको लेनदेन भयो भन्ने विषयमा थप अनुसन्धानसमेत गरेको बुझिएको छ । यद्यपी कृषि बिकास बैंक जोडिएका घुसकाण्डमा थप अनुसन्धान हुन्छ कि हुँदैन, भन्ने विषय भने पर्खाईको विषय बनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्