Skip to content
LAXMI SUNRISE BANK

हामा स्टिलमा आगलागी 

अर्थ सरोकार

काठमाडौँ । हामा स्टिलमा आगलागी भएको छ । मंगलबार बिहान कमलादीस्थित हामा स्टिलमा आगलागी भएको हो । 

आगलागीको सूचना पाएलगत्तै नेपाली सेनाको श्री नरसिंह दल गणले आगलागी नियन्त्रणका लागि तत्काल एक्सन लिएको थियो । पछि नेपाल प्रहरी, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । 

हाल हामा स्टिलमा लागेको आगो नियन्त्रणमा लिइसकिएको छ । तर, आगलागीको कारण भने खुलेको छैन । 

हामा स्टिलमा लागेको आगलागीपछि भएको क्षतिको विवरण पनि आउन बाँकी छ । हाल प्रहरीले आगलागीको घटनाबारे थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि मात्रै आगलागीको कारण र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK