काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँ उपत्यकामा फलफूलको व्यापार/व्यवसाय बढेको छ । पछिल्लो केही दिनदेखिको चर्को गर्मीको कारण काठमाडौँमा फलफूलको व्यवसाय फस्टाएको हो ।
गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको बिक्री बढेको छ । पछिल्लो केही दिनदेखि गर्मी बढेसँगै काठमाडौँका फलफूल पसलहरूमा उपभोक्ताको भीडभाड बढेका छ ।
गर्मीमा शीतलता महसुस गराउने फलफूलहरू ग्राहकको प्राथमिकतामा परेका छन् । फलफूल तथा जुस व्यवसायीका अनुसार पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ । गर्मी याममा शरीरलाई चिसो राख्न र डिहाइड्रेसनबाट बच्न फलफूल र जुसहरूको ठूलो भूमिका हुन्छ ।
तरबुजा, खरबुजा, आँप, अनार, सुन्तला, स्ट्रबेरी, ब्लु बेरी जस्ता बेरी फलहरू, नरिवल पानी, बेलको जुस र निम्बू पानीको व्यापार बढेसँगै व्यवसायीहरू पनि उत्साहित बनेका छन् । पछिल्लो समयले ग्राहकले बोत्तलको जुस तथा पेयपदार्थ भन्दा फलफूलको जुसलाई बढी रुचाउने गरेको व्यवसायीहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्